३५० रुपैयाँको बिलले जितायो १० लाख रुपैयाँ

काठमाडौं । साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जितेका छन् ।

आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारको विजेता घोषणा गरेको हो । 

विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा नियमसम्मत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको उपहार योजनाअन्तर्गत बम्पर पुरस्कार विजेता छनोट गरेको हो ।

बम्पर उपहार विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उक्त पुरस्कार रकममा प्रचलित व्यवस्थाअनुसार २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले ७ लाख ५० हजार रुपैयाँमात्र प्राप्त गर्नेछन् ।

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जनाले एक–एक लाख रुपैयाँ जितेका छन् ।

Share News