प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

फाइल तस्बिर ।

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको कार्यशैली, सरकारका निर्णय तथा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गरेपछि सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन् ।

सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन गर्न निर्देशन दिएका छन् । 

उनले प्रतिनिधिसभाप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक तथा संसदीय व्यवस्थाअनुसार प्रधानमन्त्रीको उपस्थितिलाई महत्त्वपूर्ण रहेको स्पष्ट गरेका छन् ।

Share News