काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५.३८ प्रतिशत घटेर २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ११.६२ प्रतिशत घटेर ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३६ करोड २३ लाख ३४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत रहेको छ ।
१० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन १७.८२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ र कर्जा लगानी ९.४१ प्रतिशत घटेर ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षसम्म बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष ३० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर २८.३८ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५.८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.५ गुणा छ ।
बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १८.१३ प्रतिशत रहेको छ ।