माछापुच्छ्रे बैंकको नाफा २.११ अर्ब, व्यवसाय १५.९५ प्रतिशत बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १२.२४ प्रतिशत बढेर २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ४९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ५७ लाख ९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ४१ करोड ४३ लाख ८९ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ रहेको छ । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ७.५१ प्रतिशत रहेको छ । 

१५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन १९.७२ प्रतिशत बढेर २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १५.९५ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.४५ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षसम्म बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

अघिल्लो वर्ष १५.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर १७.४९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा छ । 

बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ९.२७ प्रतिशतबाट घटेर ८.६० प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने १०.०४ प्रतिशत रहेको छ ।

Share News