काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ छुट्याएको छ ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १५.७३ प्रतिशत घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब १६ करोड १ लाख ४२ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ६२ करोड ६० लाख ७७ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
२२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन १३.७२ प्रतिशत बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ र कर्जा लगानी १.२३ प्रतिशत घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२.७४ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष ०.६० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा छ ।
बैंकको खराब कर्जा ७.९७ प्रतिशतबाट घटेर ७.९६ प्रतिशतमा झारेको छ । बैंकको कोर क्यापिटलअन्तर्गत टायर वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको ७.६९ प्रतिशतबाट बढेर ८.१९ प्रतिशत कायम भएको छ । समग्र क्यापिटल एडुकेसी रेसियो भने ११.६९ प्रतिशत कायम रहेको छ ।