वर्षा सिवाकोटीले रोजिन् एमजी एस६, नाइमा एक्स्पोमै बुकिङ

काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एस६ विद्युतीय गाडी बुकिङ गरेकी छन् ।

पारामाउन्ट मोटर्सअन्तर्गत रहेको हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधन अवलोकन गरेपछि सिवाकोटीले एमजी एस६ बुकिङ गरेकी हुन् ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि तथा प्रिमियम विद्युतीय गतिशीलताबाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेको बताइएको छ । बुकिङका अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि मुहम्मद फहाद दाराइले उनलाई गाडीको साँचा हस्तान्तरण गरेका थिए ।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीले एमजी जी९ ईभी र एमजी एचएस एचईभी/पीएचईभी गरी दुई नयाँ मोडल सार्वजनिक गरेको छ । नयाँ मोडल सार्वजनिक भएसँगै प्रदर्शनीमा एमजीका सवारीसाधनप्रति आगन्तुकको आकर्षण थप बढेको कम्पनीले जनाएको छ ।

साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पोमा नयाँ मोडलको अवलोकन तथा विशेष अफरको लाभ लिन चाहने ग्राहकलाई हल बी, स्टल एल२ मा रहेको एमजीको स्टलमा भ्रमण गर्न एमजीले आग्रह गरेको छ ।

Share News