काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २९.५१ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७१ करोड ६० लाख ७३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११ अर्ब २१ करोड ७९ लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.५४ प्रतिशत रहेको छ ।
१४ अर्ब ३० करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९० करोड ५९ लाख १० हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन १८.३६ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ र कर्जा लगानी १६.२३ प्रतिशत बढेर २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असारसम्म बैंकले २ खर्ब ९३ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ६६.७८ प्रतिशत रहेको छ ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २४.५९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर १६.११ रुपैयाँमा सीमित भएको छ । बैंकको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेकाे छ ।