शाइन रेसुङ्गाको नाफामा ८२.९६ प्रतिशत छलाङ, लाभांश क्षमता १६.८६ प्रतिशत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ८२.९६ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.८९ प्रतिशत बढेर २ अर्ब ८२ करोड ६७ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ६४ करोड ४३ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३ अर्ब १६ करोड ७९ लाख १२ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष खुद शुल्क तथा कमिसन आम्दानी ३० करोड १८ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख ५५ हजार रुपैयाँ र सञ्चालन नाफा ९१ करोड ११ लाख १५ हजार रुपैयाँ थियो । 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ८४ करोड ६४ लाख ९८ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १६.८६ प्रतिशत रहेको छ । 

५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ८ लाख २१ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन ८.४७ प्रतिशत बढेर ७७ अर्ब ८५ करोड २६ लाख ६२ हजार रुपैयाँ र कर्जा लगानी ११.१७ प्रतिशत बढेर ६३ अर्ब २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षको असारसम्म बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९० करोड ७१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको निक्षेप कर्जा अनुपात ८४.१८ प्रतिशत रहेको छ । 

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३.२४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २३.५२ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १७.६४ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ छ ।

बैंकको खराब कर्जा ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ । 

Share News