काठमाडौं । माछापुच्छ्रे बैंकले विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय समायोजन गरेको छ ।
बैंकले सोमबार (साउन १८ गते) देखि लागू हुने गरी महानगरपालिकाभित्र सञ्चालनमा रहेका केही शाखालाई नजिकका शाखामा समायोजन गरेको जनाएको छ ।
बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखामा, काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भू शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन गरिएको हो ।
त्यस्तै, कास्कीको लामाचौर शाखा बगर शाखामा तथा पर्साको वीरगञ्ज (लिंक रोड) शाखा आदर्शनगर शाखामा समायोजन गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकले समायोजनपश्चात् सञ्चालनमा रहेका शाखाबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा यथावत रूपमा प्राप्त गर्न सक्नेछन् ।