विद्युतीय सार्वजनिक बस किन्दा ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय बस खरिदका लागि अधिकतम ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार सार्वजनिक यात्रुबाहक ठूला विद्युतीय सवारी साधन खरिद गर्दा ऋण-मूल्य अनुपात (लोन टू भ्यालू) अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ । 

यही सुविधा जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानका व्यावसायिक सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा पनि लागू हुनेछ ।

अन्य सवारी साधन खरिदका लागि भने बैंक तथा वित्तीय संस्थाले अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण प्रवाह गर्न पाउनेछन् । 

Share News