सिटी एक्सप्रेसको २०औँ वार्षिकोत्सव, रक्तदानसँगै उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले स्थापना भएको २० वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा ‘रक्तदान जीवनदान, हामी सबैको योगदान’ भन्ने मूल नारासहित संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

कम्पनीले विगत १९ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकबाट नेपालमा सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

साथै, कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्नुका साथै सोही प्लेटफर्मबाट रेमिट्यान्स भुक्तानी सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

Share News