कर्णाली नदीमा यात्रुवाहक फोर्स गाडी खस्यो

सुर्खेत । कर्णाली नदीमा यात्रुवाहक फोर्स गाडी खसेको छ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले आज विहान ११ः४५ बजेतिर कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी खसेको जानकारी दिए । सूचना अधिकारी पचभैयाका अनुसार गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको छ । 

गाडी दुर्घटना भएको स्थलतिर जाँदै गरेको बताउँदै उनले अहिले विस्तृत जानकारी आउन बाँकी रहेको बताए । 

 
 

Share News