काठमाडौ । बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । संघका अनुसार चाँदी प्रतितोला १८० रुपैयाँले वृद्धि भएर ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।