काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । बिहीबार (आज) उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।
गाली बेइज्जतीसम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुर तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालतबाट १ महिना कैद र १० हजार जरिवाना हुने फैसला भएको थियो भने उच्च अदालतले थप ७ दिन कैद र थप २ हजार १ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसैगरी निवेदक किरण बिष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ती समेत दिनुपर्ने फैसला भएको थियो ।