काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आइतबार सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३ जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ४३ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ ।
चाँदी १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।