प्रधानमन्त्री बालेन भरतपुर पुगे, स्वागतमा पुगे आईजीपी कार्की

चिटिक्क पारियो भरतपुर विमानस्थल

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरेका छन्  

उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत भरतपुरका लागि प्रस्थान गरेका हुन् । 

बालेन शाहको स्वागतका लागि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की भरतपुर विमानस्थल पुगेका छन् ।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम रहेको छ । बालेन शाहले पनि महाधिवेशनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

उनी भरतपुर विमानस्थलमा सहभागी हुनुअघि विमानस्थलमा सरसफाइ पनि गरिएको छ ।  

Share News