हितेन्द्रको श्वेतपत्र : कुलमानले हिनामिना गरेको रकम ऋण तथा पेश्कीमा देखाए

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले श्वेतपत्र जारी गर्दै विगतको नेतृत्वले बदमासी गरेको बताएका छन् । श्वेतपत्र सार्वजनिक गर्दै उनले हिनामिना भएको ५७ लाख रुपैयाँलाई अन्य ऋण तथा पेश्कीमा देखाएको तर सो रकमलाई नाफा नोक्सान हिसाबमा खर्च लेख्नुपर्नेमा नलेखिएको बताए । 

विगत लामो समयदेखि २५ करोड ८१ लाख रुपैयाँको नगदलाई मार्गस्थ नगद भनी देखाइएको, यस आवमा पनि ३ करोड ९९ लाख रुपैयाँलाई कुनै पनि प्रणामबिना मार्गस्थ नगद भनी देखाएको श्वेतपत्रमा उल्लेख छ । 

विगत लामो समयदेखि कुनै कारोबार बिना नै ३८ करोड ४० लाख रुपैयाँ ठेकेदारलाई पेश्की दिएको रकम वासलातमा देखिएको र सो रकम प्राप्त हुनेमा शंका भएको २ अर्ब ८८ करोड बराबर प्राप्त गर्नुपर्नेमा आसामी पत्ता लाग्न नसकेको बताएका छन् । 
 

Share News