मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइयो, सडकमा सेना

<p>काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेपछि सडकमा सेना निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली सडकमा निस्किएको हो । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको हो । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेपछि सडकमा सेना निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली सडकमा निस्किएको हो ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको हो ।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेछ ।

 

Share News