ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल बैंकिङ प्रवर्द्धनका लागि सम्झौता

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडललाई प्रवर्द्धन गर्न एड्भाइजरी सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् । यस [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडललाई प्रवर्द्धन गर्न एड्भाइजरी सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।

यस साझेदारीअन्तर्गत, आईएफसीले बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याच्युरिटी मूल्यांकन गर्ने, आवश्यक सुधारका क्षेत्र पहिचान गर्ने तथा डिजिटल बैंकिङ क्षमता अभिवृद्धिका लागि रणनीतिक सुझाव दिनेछ । साथै, फिनटेक सम्भाव्यता अध्ययन गरी एम्बेडेड फाइनान्स मोडल प्रवर्द्धन गर्न सल्लाह प्रदान गर्नेछ ।

सम्झौतापछि बैंकले नवीन प्रविधिमैत्री सेवा विकास गर्न थप सहज हुने विश्वास लिएको छ । सीईओ रेग्मीले भने, ‘डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीको अन्तर्राष्ट्रिय अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’  प्राप्त गरिसकेको छ । नेपालभर ७७ वटै जिल्लामा बैंकको ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्र छन् ।

Share News