नबिलबाट बाहिरिए ढुङ्गाना, अब को बन्छ नयाँ सीईओ ?

<p>काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् । उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न [&hellip;]</p>

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा प्रतिस्पर्धा गर्नका लागि पदबाट राजीनामा दिएका हुन् ।

उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट राजीनामा दिएका हुन् । बैंकका अनुसार उनले गत आइतबारकाो मिति राखेर राजीनामा दिएका हुन् ।

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले राजीनामा स्वीकृत हुन बाँकी रहेकाे बताए ।

ढुङ्गानाले राजीनामा दिएसँगै अब बैंकको सीईओ को बन्छ भन्ने चासोको विषय रहेको छ । अहिले वरिष्ठताका हिसाबले सुजित शाक्य अगाडि छन् । उनी हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका छन् भने मनोज ज्ञवाली पनि सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका छन् ।

बैंकमा भूपेन्द्र पाण्डे पनि डीसीईओ भएर काम गरिरहेका छन् । मुख्यतः अहिले बैंकका दुई जना सिनियर डेपुटी सीईओ शाक्य र ज्ञवालीबीच सीईओ बन्नका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।

नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य

Share News