काठमाडौं । १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ ।
प्रत्येक वर्ष ५ लाख युवायुवतीहरु नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत छैन । विदेशमा जानेहरु विभिन्न रोजगारीमा जाने गरेका छन् । यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो । स्कुलका अध्यक्ष मनोज पौडेल काठमाडौंसहित देशका प्रमुख सहरहरुबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउँछन् ।
उनकाअनुसार यो समस्या रोजगारीको नभइ सीपको हो । बजारमा रोजगारीका अवसरहरु छन् तर जसलाई रोजगारदाताहरुले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उनको भनाइ छ । उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन । जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन । प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने जानकारी दिए।
उनले भने, ‘परम्परागत रुपमा चलिरहेका छन । अहिले कुनै पनि युवाले सिपको कोर्स सकेपछि भोलीपल्टै पहिलो दिनमै रोजगारीमा जोडिन सक्ने खालको सिपहरु कमै छन । त्यसैले यो प्रयासलाई नीजि क्षेत्रबाटै गर्नुपर्छ भन्ने हिसाबले काम थालिएको हो ।’
उनले निजी क्षेत्रबाट एकातिर बजारको माग पनि बुझ्ने र त्यहीअनुसार उद्योगधन्दा, प्रतिष्ठान, श्रमिकहरुलाई लक्षित गरेर ट्रेनिङहरु डिजाइन गर्ने तथा प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गरी सीपका अवसरहरु प्रदान गर्ने योजना रहेको बताए ।
अहिलेको बजार कस्तो छ ?
काठमाडौं टेक्निकल स्कुलकाअनुसार अहिलेको बजार हेर्दा तत्कालै रोजगारी पाइयोस् भन्ने युवाहरुको चाहना रहेको र थोरै समयमा पनि पढेर तयार हुने खालको कोर्सहरु सञ्चालन हुँदैछ ।
अध्यक्ष पौडेलले भने, ‘एउटा सीप सिक्न समेत रमाइलो हुने हस्पिटालिटीको क्षेत्र हो । कुलिनरी आर्ट्स जुन कुक भनेर चिनिन्छ । दोस्रो भनेको वरिष्ठा, बार ट्रेनिङ, हाउस किपिङ यस्ता खालका सिपहरु सिक्न बजारमा धेरै देखियो । नेपालमा मात्रै नभई विश्वव्यापी रुपमै परिस्थिति बदलिरहेको छ, केयर गिभरको क्षेत्रमा वृद्धवृद्धालाई सेवा गर्ने, नर्सिङ होममा सेवा गर्ने चाहना धेरैमा भएको पाइयो ।’
अहिले पनि विशेष गरी हस्पिटालीटि र केयर गिभिङको क्षेत्रमा फोकस गरेर सीपहरु दिने काम भइरहे पनि आगामी दिनमा विभिन्न सेवा प्रदायकहरुसँग मिलेर सिटिभिटीको कोर्स, युएईको सिटि एन क्ङ्सि, अष्ट्रेलियाको सिआइबीटिसँग मिलेर विभिन्न कोर्सहरु डिजाइन गरेर तालिमहरु दिने काम भइरहेको शर्मा बताउँछन् ।
उनले भने, ‘आगामी दिनमा भैतिक रुपमा र डिजिटली सीपयुक्त तालिमहरु प्रदान गरिँदैछ । बजारमा कस्तो जनशक्ति उत्पादन गरिन्छ भन्ने महत्वपूर्ण हुन्छ । सिटिभिटीको केयर गिभिङको कोर्स छ, त्यही तालिम लिएर नेपालमासँगै बाहिर जाने पनि छन् ।’
पौडेलकाअनुसार जब उनीहरुसँग मिलेर कोर्सहरु बनाइन्छ र सोहीअनुसारको जनशक्ति तयार गरिन्छ त्यसले परिणाम दिनसक्ने देखिन्छ । विशेष गरी केयर गिभर र हस्पिटालिटी सिक्न चाहेको उत्सुकता देखिएको छ, यसले उत्साहित बनाएको शर्माले बताए ।
उनकाअनुसार अहिले जुन अदक्ष जनशक्तिले बजारमा रोजगारीका अवसरहरु खोजिरहेका छन् । नेपालभित्र र बाहिर पनि त्यो अवस्थालाई चिर्न सकिनेछ । नेपाली आन्तरीक बजारमा सीप र रोजगारीको असमझदारी जुन छ त्यसलाई सामाधान गर्नुपर्नेछ । त्यही भिजन लिएर अघि बढिरहेको अवस्था छ ।
पौडेलले भने, ‘अहिले दुई तरिका देखियो । परम्परागत शैलीबाट कोर्स पढाउने वा रोजगादातासँग जोडेर गर्ने प्रयास कमै छ । धेरै हस्पिटालीटिदेखि केही केयर होम्ससँग सहकार्य भइसकेको छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा ठूलो लगानी भइरहेको छ, फाइभस्टर होटलहरु थ्रुपै खुलीरहेका छन् ।’
काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा सुरु भएको काम बिस्तार गर्नेछ भने इभि प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ ।
उनले भने–‘सीप बिस्तार गर्ने हिसाबले केयर गिभर र हस्पिटालीटि क्षेत्र बाहेकमा नयाँ मोडलहरु जस्तै, मोबाइल मर्मतसम्बन्धि तालिम दिने, कफि वरिष्ठाको तालिमहरु दिन धेरै इक्वीपमेण्टहरु चाहिने छैन । जतिपनि तालिम दिइनेछ तिनिहरुले आफ्नो गाउँठाउँमै सीप दिन सक्नेगरीको मोडल विकास गरिनेछ । दोस्रो वर्षबाट हजारौंलाई सीपमुलक तालिम दिन सकिनेछ ।’
तालिमका प्रकारहरु छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन् । कोही नेपालीहरु बाहिर काम गरेर फर्केका छन् भने उनीहरुलाई रिफेर्सल कोर्सहरु दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसावले सीप दिन सकिने पौडेल बताउँछन् ।