काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेखिएको छ ।
सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिजिटल बोर्डमा लेखिएको हो ।
डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले डिजिटल बोर्डमा लेख्ने पहुँच आफ्नो मात्रै भएको बताउँदै ह्याकरले ह्याक गरेर लेखेको हुन सक्ने धारणा राखेका छन् ।