काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध युवाहरू सडकमा उत्रिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेसँगै त्यसको विरुद्ध युवाहरू सडकमा उत्रिएका हुन् ।
उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुत्ला दहन गर्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका हुन् ।
अहिले कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध चर्को आलोचना भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सत्तारूढ दल नेपाली कांग्रेसकै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारकाे याे निर्णयको विरोध गरेका छन् ।