ग्लोबल आईएमई बैंकको सात प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, ६ हजार बढी सहभागी

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशका सातै प्रदेशमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी सञ्चालन गरेको छ । बैंकले सञ्चालन गरेका ती कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी थिए । यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेका कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशका सातै प्रदेशमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी सञ्चालन गरेको छ । बैंकले सञ्चालन गरेका ती कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी थिए ।

यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेका कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि गर्ने ब्यानरसहित सहभागी थिए ।

ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

Share News