वीरगञ्जबाट बाहिरियो ५३ अर्ब २६ करोडका वस्तु, भटमासको तेल निर्यात बढ्यो

<p>काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

Share News