कुमारी र सिटिजन्स बैंकको सेयर बिक्रीमा, मूल्य १ सयदेखि १२० रुपैयाँ

<p>काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी र सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख २० हजार ३६४ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी र सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १६ लाख २० हजार ३६४ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्नुपर्ने छ । यदि उक्त अवधिभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ ।

यस्तै, सिटिजन्स बैंकका संस्थापक सेयरधनीहरूले ३ लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार संस्थापक सेयरधनी यदुनाथ घिमिरेले ५४ हजार ८११.५७ कित्ता सेयर र रोशन श्रेष्ठले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । घिमिरेको सेयरको मूल्य १२० रुपैयाँ तोकिएको छ भन श्रेष्ठको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिदका लागि जोकोही लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Share News