स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त

<p>काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् । ४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका हुन् । आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले रंगनाथनलाई शपथ खुवाइन् । वेणुगोपाल २००७ को जुनदेखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहँदै आएका [&hellip;]</p>

फाइल तस्बिर ।

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथनलाई नियुक्त भएका छन् ।

४६९औं सञ्चालक समितिको बैठकले २०२५ मार्च २१ देखि लागू हुने गरी बैंकको अध्यक्ष पदमा वेणुगोपाल रंगनाथन नियुक्त भएका हुन् ।

आइतबार कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले रंगनाथनलाई शपथ खुवाइन् ।

वेणुगोपाल २००७ को जुनदेखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहँदै आएका छन् । उनले मुख्य रूपमा कर्पोरेट र इन्भेस्टमेन्ट बैंकिङ (सीआईबी) का लागि जोखिम व्यवस्थापन कार्यमा विभिन्न वरिष्ठ भूमिकाहरूमा काम गरिसकेका छन् ।

हाल उनी भारत र दक्षिण एसिया क्लस्टर (जसमा बंगलादेश, श्रीलंका र नेपाल समावेश छन्) का लागि प्रमुख जोखिम अधिकृत (सीआरओ) हुन् ।

३२ वर्षभन्दा बढी समयको बैंकिङ अनुभव रहेको वेणुगोपालले विभिन्न भौगोलिक क्षेत्रहरू र व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् ।

Share News