
काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् ।
आइतबार वनस्थलीबाट पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरी डिल्लीबजार कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्चमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चले मंसिर १२ गते उनलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो । त्यसपश्चात् उनी फरार रहेका थिए ।
सजाय बेरुजु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने विषयमा आयोगले विस्तृत अनुसन्धान गरी उनीविरुद्ध सर्वाेच्चमा मुद्दा दायर गरेको थियो ।