काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगे रवि, भन्छन्- ‘क्रान्तिका लागि तयार बनौं’

<p>काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पाटन पुगेका छन् । काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरेको निर्णयविरुद्ध लामिछानेले उच्च अदालत पाटन पुगेका हुन् । उनले अदालतमा निवेदन दर्ता गरेका हुन् । माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको [&hellip;]</p>

काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पाटन पुगेका छन् । काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरेको निर्णयविरुद्ध लामिछानेले उच्च अदालत पाटन पुगेका हुन् । उनले अदालतमा निवेदन दर्ता गरेका हुन् ।

माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । उक्त निर्णयविरुद्द लामिछाने शुक्रबार उच्च अदालतपमा पुगेर रिट दर्ता गरेका हुन् ।

लामिछानेले अदालतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अब क्रान्ति गर्नुपर्ने बेला आएको बताएका छन् । ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रिभुलेसन,’ उनले भने ।

उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।

‘मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन,’ उनले भने ।
जलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । उक्त निर्णयविरुद्द लामिछाने शुक्रबार उच्च अदालतपमा पुगेर रिट दर्ता गरेका हुन् ।

लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो ।

लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो ।

Share News