मेरो नेतृत्वको सरकारलाई भ्रष्टाचारीहरुले नै हटाए, अब २०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

<p>काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब २०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने बताएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका हुन् । उनले अब जनताको साथमा रहने प्रतिबद्धता गर्दै आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे । प्रधानमन्त्री केपी [&hellip;]</p>

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब २०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने बताएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले अब जनताको साथमा रहने प्रतिबद्धता गर्दै आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको उनको आरोप छ ।

उनले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काममा लागिरहेको आरोप लगाए ।

‘केपीजी नेतृत्वको सरकारले राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै काम हो, त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।

Share News