डोटीको सेती नदीमा भेटियो ३५ केजीको माछा !

<p>काठमाडौं । डोटीमा ३५ केजीको माछा भेटिएको छ । मंगलबार बिहान जिल्लाको केआई सिंह गाउँपालिका नजिकै वर्ने सेती नदीमा ३५ केजीको माछा भेटिएको केआई सिंह गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उक्त माछा आज बिहान बल्छीमा परेको हो । वडाध्यक्षले भने, ‘३५ केजीको माछा भेटिएको छ । स्थानीय पसलेहरूले उक्त [&hellip;]</p>

काठमाडौं । डोटीमा ३५ केजीको माछा भेटिएको छ । मंगलबार बिहान जिल्लाको केआई सिंह गाउँपालिका नजिकै वर्ने सेती नदीमा ३५ केजीको माछा भेटिएको केआई सिंह गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार उक्त माछा आज बिहान बल्छीमा परेको हो ।

वडाध्यक्षले भने, ‘३५ केजीको माछा भेटिएको छ । स्थानीय पसलेहरूले उक्त नदीमा बल्छी थापेको र त्यही बल्छीमा माछा भेटिएको भन्ने खबर छ । यसबारेमा बुझ्दै छौं ।’

उनका अनुसार माछाको तौल नाप्दा ३५ केजी भएको छ ।

Share News