सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो बनेका छन् । त्यस्तै सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो बनेका छन् ।

त्यस्तै सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६०,००० (साठी हजार)  तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४०,००० (चालीस हजार) रुपैयाँ पुरस्कार पाएका छन् ।

 कार्यक्रममा विजेतासहित कन्ट्री राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए । ‘कन्ट्री राउन्ड’मा इटहरी, काठमाडौं, नेपालगन्ज र पोखरा क्लस्टर तथा वीरगन्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धी रहेका थिए ।

Share News