बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाई

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचारको आरोपबाट सफाई पाएका छन् । विशेष अदालतले निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टचार मुद्धामा सिलवालविरुद्ध [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचारको आरोपबाट सफाई पाएका छन् । विशेष अदालतले निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टचार मुद्धामा सिलवालविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । अख्तियारमा मुद्धा दायर भएसँगै उनी पदबाट स्वत निलम्बन भएका थिए ।

पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा उनीलाई मंसिरमा अख्तियारले मुद्धा दायर गरेको थियो ।

Share News