नबिल बैंकले सार्वजनिक गर्याे फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम

<p>काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । साथै, बैंकबाट फोन लोन उपभोग गरेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न ताकेता गरेको हो । बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले तोकिएको अवधिभित्र साँवा, ब्याज [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । साथै, बैंकबाट फोन लोन उपभोग गरेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न ताकेता गरेको हो ।

बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले तोकिएको अवधिभित्र साँवा, ब्याज तथा हर्जाना ब्याज, अन्य दैदस्तुर समेतको रकम तिर्न बुझाउनुपर्ने हो । तर, पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले अनुरोध गरेको छ ।

यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरुको नाम कर्जा सुचना केन्द्रको कालो सुचीमा सुचिकृत गरिने बैंकले जनएको छ । साथै, कर्जा असुलीसँग आवश्यक कानुनी कारवाही गरी बैंकको लेना बक्यौता कर्जा रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ ।

Share News