१ अर्ब ६४ करोड रुपैयाँको जुवा खेलाउने २४ भारतीय पक्राउ

<p>काठमाडौं । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् । नेपाल प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो । पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ [&hellip;]</p>

काठमाडौं । नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् । नेपाल प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार पक्राउ गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकाको साथबाट बरामद ल्यापटप तथा मोबाइलको प्रारिम्भक अनुसन्धान गर्दा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ४३० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको भेटिएको कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

उनीहरूले ‘बेटिङ साइट’ को प्रयोग र भारतीय एजेन्टसँग ह्वाट्सएप तथा टेलीग्राममार्फत सम्पर्क गरी घर भाडामा लिई व्यावसायिक तबरमा अनलाइन जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ ९जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमती गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

Share News