काठमाडौं । कुमारी बैंक र गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता सेयर बिक्रीमा राखेका छन् । यस्तै, गरिमा विकास बैंकका अनुसार संस्थापक सेयरधनीहरूमध्ये केही सेयरधनीहरूले २ लाख ६६ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने दुवै बैंकले जनाएका छन् ।