काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.२० रुपैयाँ र बिक्रीदर १३९.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत माघ २ गते खरिदर १३८.९२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.५२ रुपैयाँ र बिक्रीदर १४३.१३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.२६ रुपैयाँ र बिक्रीदर १७२.०० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.७७ रुपैयाँ र बिक्रीदर १५२.४३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.४५ रुपैयाँ र बिक्रीदर ८५.८२ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.७२ रुपैयाँ र बिक्रीदर ९५.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.७४ रुपैयाँ र बिक्रीदर १०२.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.९० रुपैयाँ र बिक्रीदर ३८.०६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२४ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८६ रुपैयाँ र बिक्रीदर १७.९४ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४५०.४६ रुपैयाँ र बिक्रीदर ४५२.४० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६९.२२ रुपैयाँ र बिक्रीदर ३७०.८१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६१.५७ रुपैयाँ र बिक्रीदर ३६३.१३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।