नेपालले बेच्यो १८ अर्ब बढीको भटमासको तेल, ९८ करोडको पास्ता निर्यात

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १८ अर्ब रुपैयाँ बढीको भटमासको तेल निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म १८ अर्ब ९१ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालबाट भटमासको तेल अस्ट्रेलिया र भारतमा निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा निर्यात भएको छ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा १८ अर्ब रुपैयाँ बढीको भटमासको तेल निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म १८ अर्ब ९१ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालबाट भटमासको तेल अस्ट्रेलिया र भारतमा निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा निर्यात भएको छ । भारतमा १८ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको हाे । साथै अस्ट्रेलियामा ४ लाख १९ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

९८ करोडको पास्ता निर्यात

चालु आवको पौष मसान्तसम्म ९८ करोड ९९ लाख रुपैयाँ बढीको पास्ता निर्यात भएको विभागले जनाएको छ ।

नेपालबाट पास्ता १९ वटा देशहरूमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । विशेषगरी जापान, भारत, अस्ट्रेलिया, मलेसिया, कतार र सिंगापुरजस्ता देशहरूमा निर्यात भएको हाे ।

विभागका अनुसार सबैभन्दा धेरै भारतमा ६० करोड ५६ लाख रुपैयाँ बढीको पास्ता निर्यात भएको छ । जापानमा ४ करोड २ लाख रुपैयाँको निर्यात भएको छ ।

Share News