ओखर किन्दा बाहिरियो १ अर्ब, ३८ करोडको काजु आयात

<p>काठमाडौं । ओखर स्वाथ्यका लागी लाभदायी मानिन्छ । ओखर खानाले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्ने चिकित्सकहरू बताउँछन् । यसको नियमित सेवन गर्दा मस्तिष्क स्वस्थ हुने गर्छ । साथै दिनमा ४ वटा ओखर खाने हो भने मुटुलाई समेत स्वस्थ राख्न मद्दत पुग्ने बताइन्छ । ओखर स्वदेशमै उत्पादन हुने गरेको भएपनि करोडौंको ओखर विदेशबाट आयात [&hellip;]</p>

काठमाडौं । ओखर स्वाथ्यका लागी लाभदायी मानिन्छ । ओखर खानाले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्ने चिकित्सकहरू बताउँछन् । यसको नियमित सेवन गर्दा मस्तिष्क स्वस्थ हुने गर्छ । साथै दिनमा ४ वटा ओखर खाने हो भने मुटुलाई समेत स्वस्थ राख्न मद्दत पुग्ने बताइन्छ ।

ओखर स्वदेशमै उत्पादन हुने गरेको भएपनि करोडौंको ओखर विदेशबाट आयात गर्नुपरेको छ । नेपालमा ओखर किन्दा झन्डै १ अर्ब रुपैयाँ विदेशिएको छ । चालु आर्थिक वर्षको २०८१/८२ को ६ महिनामा ९१ करोड ३९ लाख रुपैयाँ बढीको ओखर आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार २६ लाख २२ हजार किलो ओखर आयात हुँदा ४० करोड ७९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । नेपालमा चीन र भारतबाट ओखर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै ओखरं चीनबाट ९१ करोड ३८ लाख रुपैयाँ बढीको ओखर आयात भएको छ । भारतबाट ८३ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

३८ करोडको काजु आयात

चालु आवको ६ महिनामा ३८ करोड ७० लाख रुपैयाँ बढीको काजु आयात भएको विभागले जनाएको छ । विभागका अनुसार ४ लाख १५ लाख किलो काजु आयात हुँदा १९ करोड ८९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

नेपालमा विशेषगरी १५ वटा देशहरूबाट काजु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीन, भारत, कोरीया, मलेसिया, कतार, भियतनाम र कुबेत जस्ता मुलुकबाट काजु आयात भएको छ ।

सबैभन्दा धेरै काजु भारतबाट आयात भएको छ । भारतबाट १७ करोड ४८ लाख रुपैयाँ बढीको काजु आयात हुँदा ८ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । भियनतामबाट १४ करोड ३६ लाख रुपैयाँ बढीको काजु आयात हुँदा ७ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । चीनबाट १ करोड रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख छ ।

Share News