अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ, मुलुकी फौजदारी संहिता लागू

<p>काडमाडौं । प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङलाई पक्राउ गरेको छ । प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ [&hellip;]</p>

काडमाडौं । प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ ।

अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

तामाङले केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

तामाङलाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको छ ।

पछिल्लो समय उनले आफूलाई सामाजिक अभियन्ता भएको दावी गर्दै आइरहेकी थिइन् ।

 

Share News