कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई इशान बालबालिका तथा महिला अस्पतालमा छुट

<p>काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित इशान बालबालिका तथा महिला अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्&#x200d;याउने उद्देश्यले स्थापित उक्त इशान बाल तथा महिला अस्पताल प्रालिमा कामना सेवा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित इशान बालबालिका तथा महिला अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त इशान बाल तथा महिला अस्पताल प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Share News