एकैदिन प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share News