तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो । साथै, आज [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो ।

साथै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share News