
काठमाडौं । सरकारले १२ पृष्ठको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ ।
गत साता चीनसँग नेपालले गरेको सम्झौता परराष्ट्र मन्त्रालयले आधिकारिक वेबसाइटमा राखेको हो । नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको थियो ।
सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि, दोस्रो बुँदामा सहकार्यका सिद्धान्त, तेस्रो बुँदामा सहकार्यका उद्देश्य, चौथो बुँदामा सहकार्यका प्राथमिकता, पाँचौं बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना र छैटौं बुँदामा सहकार्यका संयन्त्रलाई राखिएको छ ।
सम्झौताका १२ पृष्ठमध्ये तीन पृष्ठमा बीआरआईअन्तर्गत अगाडि बढाइने १० वटा परियोजना टोखा-छहरे टनेल, हिल्सा-सिमिकोट रोड प्रोजेक्ट, किमाथांका-खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट रहेका छन् ।
[pdf id=527720]