रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आइतबार पुनः अदालतमा पेस गरिँदैछ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ । पछिल्लो पटक कास्की जिल्ला अदालतले ९ मंसिरमा लामिछानेमाथि अनुसन्धान गर्न १५ दिनको समय अवधि दिएको थियो । यो अवधि [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आइतबार पुनः अदालतमा पेस गरिँदैछ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ ।

पछिल्लो पटक कास्की जिल्ला अदालतले ९ मंसिरमा लामिछानेमाथि अनुसन्धान गर्न १५ दिनको समय अवधि दिएको थियो । यो अवधि शुक्रबार राति समाप्त भएपछि प्रहरीले आइतबार अदालतमा म्याद थपका लागि लामिछानेलाई पेश गर्न लागेको हो ।

गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहित सहकारी ठगी प्रकरणमा जोडिएका लीला पछाई, रामबहादुर खनाललगायतकालाई पनि आज अदालतमा पेश गरिने कास्की प्रहरीले जनाएको छ ।

Share News