आज १२ सयले घट्यो सुनको भाउ

<p>काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलाको १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको नेपाल [&hellip;]</p>

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाला सुनको भाउ तोलाको १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ ।

Share News