कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?

<p>काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।

बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिन भित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

Share News