भ्रष्टाचारको मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा

<p>काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएकाे जनाइएकाे छ । उनी राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारीमा थिए । आगामी मन्त्रिपरिषद बैठकले अर्यालको राजीनामाबारे निर्णय गर्ने छ । स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले सफाइ पाएका [&hellip;]</p>

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

उनले आज राजीनामा दिएकाे जनाइएकाे छ । उनी राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारीमा थिए ।

आगामी मन्त्रिपरिषद बैठकले अर्यालको राजीनामाबारे निर्णय गर्ने छ । स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले सफाइ पाएका थिए । सफाइ पाएसँगै उनी आइतबार राष्ट्रिय योजना आयोगमा उपस्थित भएका थिए ।

अर्याललाई मुद्दा लागेसँगै लीलादेवी गड्तौला निमित्त हुँदै कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् । त्यसपछि मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।

Share News