सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो नबिल, आठौं पटक सम्मानित

<p>काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको । कर दिवसको अवसरमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ धेरै कर बुझाउने करदाताहरूका रूपमा नबिल बैंकलाई सम्मान गरेको हो [&hellip;]</p>

काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको ।

कर दिवसको अवसरमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ धेरै कर बुझाउने करदाताहरूका रूपमा नबिल बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा प्रमाणपत्रसहित सम्मान पाएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।

बैंकले योसहित आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान भएको हो । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

Share News