कुनै पनि हालतमा बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति गरेको, लोकप्रियताको आड लिएको लगायतका आरोप लगाउँदै आएका छन्, मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, ‘उनले भने, ‘मैले कानुनभित्र बसेर राजस्व  [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

‘धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति गरेको, लोकप्रियताको आड लिएको लगायतका आरोप लगाउँदै आएका छन्, मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, ‘उनले भने, ‘मैले कानुनभित्र बसेर राजस्व  उठाउन मात्रै खोजेको हुँ ।’

यस्तै, उनले आफूले सम्पूर्ण राजनीतिक दल र नागरिक समाज लगायत निकायबाट सहयोग पाएकाे बताउँदै जसरी पनि बक्यौता उठाएरै छाड्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले राजस्व उठ्नुलाई राजनीति गरेको भनेर आरोप नलगाउन पनि अनुराेध गरेका छन् । उनले आफूले राजनीति नगरेको पनि प्रष्ट पारे ।

आफूले नेपालको संविधान र कानुनमा रहेर देशको हितमा काम गरेको धारणा राखे ।

Share News